कुमारी बैंकको वित्तिय साक्षरता अभियान

कुमारी बैंकको वित्तिय साक्षरता अभियान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम- कुमारी बैंक लिमिटेडले रुकुमको सोलाबाङ्गमा शाखारहित बैंकिङ्ग सेवाको शुभारम्भसंगै फिनलिट नेपालको सहकार्यमा वित्तिय साक्षरता एवं संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।

पश्चिम रुकुमको मुसिकोट नगरपालिका–४ सोलाबाङ्गमा स्थित श्री बालकल्याण माध्यमिक विद्यालयमा वित्तिय साक्षरता कार्यक्रममाझ विद्यालयको आधुनिक शैक्षिक प्रणालीमा मद्धत पु¥याउने उद्देश्यले बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री राजीव गिरीले विद्यालयका अध्यक्ष लोक बहादुर ददेललाई १ थान ल्यापटप र १ थान प्रोजेक्टर हस्तान्तरण गर्नुभयो ।  

५ वर्षअघि जिल्ला सदरमुकाम मुसिकोट, खलङ्गामा शाखा विस्तार गरेर स्थानीयस्तरमा बैंकिङ्ग सेवा दिईरहेको कुमारी बैंकले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सुनौलो भविष्यलाई ध्यानमा राख्दै, कार्यक्रममा उपस्थित विद्यार्थी, शिक्षक र अभिभावकलाई समसामयिक परिस्थितिमा बचतको महत्व एवं निकट भविष्यमा आईपर्न सक्ने वित्तिय तथा पुजीगत समस्याहरुसंग जुध्ने बलियो आधारको रुपमा बैंक एक भरपर्दो साथी हुने सक्ने कुरा जानकार गराउन सो कार्यक्रम गरेकोे जनाएको छ । 

आफ्ना ८८ शाखाहरु, ८१ एटिएमहरु तथा २ एक्सटेन्सन् काउन्टरहरुबाट अत्याधुनिक प्रविधियुक्त ईन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, भाइबर बैंकिङ्ग, रेमिट्यान्स, सि–आस्वा लगायतका विविध सेवाहरु दिंदै आईरहेको कुमारी बैंकले आगामी दिनहरुमा अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ .