कुमारी बैंक र दाङको होटेल ए-१ लभली स्टारबीच सम्झौता

कुमारी बैंक र दाङको होटेल ए-१ लभली स्टारबीच सम्झौता


काठमाण्डु- कुमारी बैंक लिमिटेड र लमही, दाङस्थित होटेल ए–१ लभली स्टारबीच सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकहरुलाई होटेल ए–१ लभली स्टारबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्नेगरी उक्त सम्झौताको समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

डिजिटल कारोबारमा ग्राहकहरू आकर्शित भाईरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले उक्त सहकार्यग गरेको जानकारी दिएको छ ।

यसमार्फत होटेल ए–१ लभली स्टारका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरिएको छ । बैंकका डेबिटरक्रेडिट कार्डवाहकहरुले उक्त होटेलको लजिङ शुल्कमा १५५ र फुडिङ शुल्कमा १०५ सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १ सय ९७ शाखा सञ्जाल, १ सय ९१ एटिएम, ४८ शाखारहित बैंकिङ ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।