काठमाण्डु – कुमारी बैंकले परिवार सुरक्षा बचत खाता अन्तर्गत कुश्मा शाखामा बचत खाता रहेका ७ जना ग्राहकलाई बीमा सुविधा वापतको रकम भुक्तानी गरेको छ ।
उक्त शाखामा परिवार सुरक्षा बचत खाता खोलेका गोकर्ण बहादुर श्रेष्ठ, शान्ती नेपाली, अमृताकुमारी कंडेल, रामचन्द्र श्रेष्ठ, शक्ति श्रेष्ठ, नरेन्द्र भुवाजी र कविता श्रेष्ठलाई क्रमश करिब दुई लाख रुपैयाँ बराबरको चेक बैंकका शाखा प्रबन्धक दीपकराज पौडेलले एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् ।
बैंकले सो बीमा रकम नेको ईन्सुरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो । यस बैंकको उक्त बचत खातामा बीमा सुरक्षण योजनाअन्तर्गत २६ लाख रुपैयाँ सम्मको सुविधा प्राप्त हुने बैंकले जानकारी गराएको छ । साथै यस बचत योजनाअनुसार खातावालालाई निशुल्क डेबिट कार्ड, मोबाईल बैंकिङ, र ईन्टरनेट बैंकिङ सेवा उपलब्ध छ ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९९ शाखा सञ्जाल, १९५ एटिएम, ५४ शाखारहित बैंकिङ्ग ईकाई तथा३४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया