कुमारी बैंक र एनडी थर्ड बिजनेस ग्रुपबीच सम्झौता

कुमारी बैंक र एनडी थर्ड बिजनेस ग्रुपबीच सम्झौता


काठमाण्डु – कुमारी बैंक लिमिटेड र र एनडी थर्ड बिजनेस ग्रुप प्राइभेट लिमिटेड फिल्ली काठमाडौंबीच सम्झौता भएको छ ।

कुमारी बैंक लिमिटेड र र एनडी थर्ड बिजनेस ग्रुप प्राइभेट लिमिटेड फिल्ली काठमाडौंबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई फिल्लीबाट प्रदान गरिने सेवा तथा सुबिधाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हाे ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले फिल्लीका लाजिम्पाट, लबिम मल पुल्चोक, ठमेल र बैद्धि स्थित शाखाहरुबाट सेवा लिए बापत गर्नुपर्ने कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट-क्रेडिट कार्ड अथवा क्यूआरद्वारा गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।

यस सुविधाबाट ग्राहकहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अहिलेको आर्थिक अवस्थामा आफ्ना ग्राहक महानुभावहरुलाई सहज प्रक्रियाबाट पाउन सकिने छुटले प्रोत्सहान गर्नुका साथै आर्थिक अवस्थालाई शुदृढ पार्न मद्दत गर्नेमा बैंक विश्वस्त रहेको छ ।