कुमारी बैंक र बुद्ध एयरबीच सम्झौता

कुमारी बैंक र बुद्ध एयरबीच सम्झौता


काठमाण्डु – कुमारी बैंक लिमिटेड र बुद्ध एयर बीच कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई बुद्ध एयरबाट यात्रा गर्दा टिकटमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूको परिवारका सदस्यहरू (बुवा,आमा,श्रीमती र छोरा-छोरी)को लागि कुमारी बैंकको डेबिट-क्रेडिट कार्ड अथवा क्यूआरद्वारा बुद्घ एयरको काउण्टरबाट प्लेन टिकट खरिद गर्दा ८ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ (सर्तहरु लागुहुनेछन्) ।

यो छुट लिन ग्राहकहरुले कुमारी बैंकको डेविट-क्रेडिट-प्रिभिलेज कार्ड साथमा लानुपर्नेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ । विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहेका छन् ।