काठमाण्डु – कुमारी बैंक लिमिटेड र बाँके, कोहलपुर स्थित होटेल सेन्ट्रल प्लाजाबीच कुमारी बैंकका ग्राहकहरुलाई होटेल सेन्ट्रल प्लाजाबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ ।
यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरुले सो होटेलबाट सेवा लिएवापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिंगबाट गर्दा होटेलको फुड एंड बेभरेज र रूम शुल्कमा १५% छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथाउत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया