कुमारी बैंक र श्रीकृष्ण पोलीक्लिनिक प्रालिबीच सम्झौता

कुमारी बैंक र श्रीकृष्ण पोलीक्लिनिक प्रालिबीच सम्झौता


काठमाण्डु – कुमारी बैंक लिमिटेड र श्रीकृष्ण पोलीक्लिनिक प्रालिबीच विशेष छुट प्रदानगर्ने समझदारी भएको छ ।

देवदह ५, खैरेनी, रुपन्देहीस्थित श्री कृष्ण पोलीक्लिनिक प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई श्रीकृष्ण पोलीक्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदानगर्ने समझदारी भएको हो ।

यस सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो श्रीकृष्ण पोलीक्लिनिकबाट सेवा लिएवापत कुनैपनि भुक्तानी कुमारी बैंकको डेबिट-क्रेडिट कार्डबाट गर्दा ओपिडि शुल्कमा ५० प्रतिशत, एक्स-रेमा १० प्रतिशत, ल्याब टेस्टमा १५ प्रतिशत, प्रक्रिया-ड्रेसिङ शुल्कमा १० प्रतिशत र औषधी शुल्कहरूमा ३-५ प्रतिशत छुट प्राप्तगर्न सकिनेछ।

यस सुविधाबाट सेवा ग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।