काठमाण्डु – कुमारी बैंक लिमिटेड र काभ्रे, बनेपास्थित सुप्रिम डेन्टल केयरबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई सुप्रिम डेन्टल केयरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।
यस सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो डेन्टल केयरबाट सेवालिएवापतकुनै पनिभुक्तानीकुमारी बैंकको डेबिट-क्रेडिट कार्डबाट गर्दा सामान्यदन्त सेवामा१५ प्रतिशत , ओर्थोदोंतीक्समा १०प्रतिशत , पेदोदोंतिक्समा १५ प्रतिशत , प्रोसथोदोंतिक्समा १५ प्रतिशत , एण्डोदोंतिक्समा १५ प्रतिशत र डेन्टल इम्प्लान्ट्समा १० प्रतिशत छुट प्राप्तगर्न सकिनेछ। यस सुविधाबाट स्थानीयका सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतमलाभ समेत प्राप्तगर्न सकिनेमाबैंक विश्वस्त रहेको छ ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९७शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथाउत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया