बिना धितो,छिटो छिटो, क्यूआर मर्चेन्टस्लाई कुमारी फोन लोन सुबिधा

बिना धितो,छिटो छिटो, क्यूआर मर्चेन्टस्लाई कुमारी फोन लोन सुबिधा


कठमाण्डु – कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने आफ्ना क्युआर मर्चेन्टहरुलाई बिना झन्झट कुमारी मोबाइल बैकिङ्ग एप मार्फत नै रु दुई लाख सम्मको कर्जा उपयोग गर्न सक्ने फोनलोन सुविधा सञ्चालनमा ल्याएको छ ।

यसबाट विशेष गरि घरेलु, साना तथा मझौला उद्यमीहरुका वित्तिय कारोबारहरु डिजिटल माध्यममा आकर्षित गर्न तथा उद्यमीहरुका सानातिना वित्तिय आवश्यकताहरु परिपुर्ति हुदा वित्तिय पहुच समेतमा विस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

सबैका लागि सधैका लागि अनवरत डिजिटल बैकिङ्ग प्रर्वद्धन गर्दै आधुनिक जिवनशैलीमा आधारित सेवा तथा सुविधाहरु प्रदान गर्दै आईरहेको