कुमारी बैंकले क्रिसमस, यःमरि पुन्हि र तमु ल्होसारमा ल्यायो ‘अफर’

कुमारी बैंकले क्रिसमस, यःमरि पुन्हि र तमु ल्होसारमा ल्यायो ‘अफर’


काठमाण्डु – कुमारी बैंक लिमिटेडले आउँदै गरेको क्रिसमस, यःमरि पुन्हि तथा तमु ल्होसारलाई लक्षित गरी नागरिक बचत खातामा ग्राहकहरूको सेवासुविधालाई मध्यनजर गर्दै चाडपर्वको अवसरमा आकर्षक छुट तथा अफर प्रदान गर्ने निर्णय गरेको छ ।

पुस ८ गतेदेखि २० गतेसम्म नयाँ खोलिने खातामा पहिलो १ वर्षसम्म डेबिट कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सुविधा निःशुल्क प्रदान गर्नेछ भने खातामा न्यूनतम रकम १ हजार रुपैयाँ हुनुपर्नेछ । सुविधाहरू नागरिक बचत खातामा मात्र लागू हुनेछ ।

डिजिटल बैंकिङ सेवालाई प्रोत्साहन गर्नुका साथै बैंकिङ सेवामा उत्कृष्टताको आफ्नो परम्परालाई निरन्तरता दिँदै ग्राहक तथा समुदायको समृद्धिमा योगदान पुर्‍याउन सदैव तत्पर रहेको बैंकले जनाएको छ ।

देशव्यापी ३०९ शाखा सञ्जाल, ३१४ एटीएम, ६५ शाखारहित बैंकिङ इकाई तथा ४९ एक्स्टेन्सन काउन्टरमार्फत अत्याधुनिक वित्तीय सेवासुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।