टी २० वरियतामा कुशल र ज्ञानेन्द्रको सुधार

टी २० वरियतामा कुशल र ज्ञानेन्द्रको सुधार


काठमाण्डु – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भूर्तेल र कप्तान ज्ञानेन्द्र मल्लको बरियतामा सुधार आएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जारी गरेको टी २० क्रिकेटको पछिल्लो बरियतामा भूर्तेल ६०औँ स्थानमा तथा मल्ल ९२औँ स्थानमा रहेका छन् । यसअघि भूर्तेल ६१औँ तथा मल्ल ९४औँ स्थानमा थिए । आईसीसीले जारी गरेको बरियतामा नेपालबाट भूर्तेल र मल्लसहित चार खेलाडी समेटिएका छन् ।

बरियतामा परेका अन्य खेलाडीमा पूर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने रहेका छन् । पछिल्लो बरियतामा खड्का ८८औँ स्थानमा रहेका छन् । यस्तै लामिछाने ७६औँ स्थानमा रहेका छन् । नयाँ बरियता अनुसार टी २० क्रिकेटमा नेपाल १३औँ स्थानमा रहेको छ ।