काठमाण्डु – पूर्व फिफा रेफ्री तथा रेफ्री इन्स्ट्रक्टर लब खत्रीको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार ५० वर्षीय खत्रीको सोमबार निधन भएको हो । आज बिहान मर्निङवाकबाट फर्किएपछि उनी बाथरुम छिरेका थिए ।
त्यसको केही क्षणमा उनी बाथरुमको ढोकामा अचेत अवस्थामा फेला परेका थिए । उनलाई उपाचारका लागि मेडिसिटी अस्पताल लगिएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको हो । जावलाखेल युथ क्लब, थ्रि स्टार र फ्रेन्डस क्लका पूर्व खेलाडी खत्री पूर्व फिफा रेफ्री पनि हुन् ।
नेपालका सर्वोत्कृष्ट रेफ्री मानिने उनी सन् २०१८ मा उमेर हदका कारण फिफा रेफ्रीबाट निवृत भएका थिए । फिफा रेफ्रीबाट निवृत भएयता खत्रीले रेफ्री इन्स्ट्रक्टरको रुपमा नेपाली फुटबलको सेवा गर्दै आएका थिए ।
प्रतिक्रिया