छिमेक र नेशनल माइक्रोफाइनान्स लघुवित्तको लाभांश घोषणा

छिमेक र नेशनल माइक्रोफाइनान्स लघुवित्तको लाभांश घोषणा


काठमाण्डु – छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको २७ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनार्थ सहित ३ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बुधबार लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको थियो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ । हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब ८३ करोड रहेको छ । २७ प्रतिशतका दरले बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ पुग्नेछ ।

त्यसैगरी यता नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनार्थ सहित ५ प्रतिशत नगद लाभांश गरी कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

मंसिर १ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।