श्रमिकको मासिक तलबमा ५ हजारले बृद्धि होला? यस्ताे भन्छन प्रधानमन्त्री

श्रमिकको मासिक तलबमा ५ हजारले बृद्धि होला? यस्ताे भन्छन प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले श्रमिकको मासिक तलबमा ५ हजार रुपैयाँ वृद्धि गराउन अभियान चलाउने भएको छ। यसैगरी, दैनिक ज्याला ६ सय बनाउन पहल गरिने जिफन्टका अध्यक्ष विनोद श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

मे दिवसकै अवसर पारेर नेपाल ट्रेड युनियन महासंघले विज्ञप्ति जारी गर्दै सामाजिक सुरक्षामा बढीभन्दा बढी श्रमिकको पहुँच बनाउन दवाव र अभियानहरु पनि सञ्चालन गरिने जनाएको हो।

मे दिवस, २०१८ को अवसरमा जिफन्टले श्रम अडिटको प्रभावकारी सुरुवातका लागि दवावमूलक कार्यक्रमहरु सञ्चालन गर्ने, एउटै महासंघ बनाउन बृहत एकताका लागि अभियान चलाउने प्रतिवद्धता समेत जनाएको छ।

मजदुर दिवसकाे अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री अाेलीले  उचित ज्याला प्रणाली अन्तर्गत मार्यादित कामको सुनिश्चितता कायम गर्नका लागि सरकारले न्यूनतम ज्यालामा वृद्धि गर्ने योजना बनाएको बताएका थिए।

अहिलेसम्म देशभित्र श्रमको उचित ढंगले सदुपयोग र सम्मान गर्ने वातावरणको अभाव रहेका कारण ठूलो संख्यामा युवा जनशक्ति श्रमका लागि मुलुकबाट बाहिरिन बाध्य भएको र श्रम शोषणको शिकार हुन विवश भएको उल्लेख गर्दै प्रधानमन्त्रीले सरकार योगदानमा आधारित सामाजिक सुरक्षा परियोजनाको कार्यकममा सम्पूर्ण श्रमिकलाई समेटन अग्रसर रहेकाे बताएका छन्।