एनपीएलकाे उद्घाटन र फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ बने लाहिरु

एनपीएलकाे उद्घाटन र फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ बने लाहिरु


काठमाण्डु–गत मंसिर १५ गतेदेखि सुरुभएको क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आज बाट सकिएको छ । जनकपुर बोल्टसले सुदूरपश्चिम रोयल्सलाइ हराएर उपाधि हात पारेसँगै यो सिजनको एनपीएल सकिएको हो ।

एनपीएलको उद्घाटन खेलमा ‘प्लेयर अफ द म्याच’ बनेका जनकपुर बोल्ट्सका लाहिरु मिलान्था फाइनल खेलमा पनि ‘प्लेयर अफ द म्याच’ बनेका छन् ।

सिरिजको पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ७५ रन जोडेका उनले आजको अन्तिम खेलमा  ८७ रन जोडे ।

उनले सूदुरपश्चिम विरुद्धको खेलमा ४९ बलमा ८७ रन हानेका थिए । उनले ९ चौका ४ छक्काको मद्दतमा ८७ रन जोडेका हुन् ।

यस्तै नेपाल प्रिमियर लिगमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्। १० इनिङमा उनले २९३ रन बनाए। लाहिरु श्रीलंकन मुलका अमेरिकी खेलाडी हुन्।

एनपिएलमा सर्वाधिक चौका हान्ने खेलाडी पनि उनी नै बनेका छन्। उनले प्रतियोगितामा ३५ चौका प्रहार गरे।

एनपिएलको पहिलो उपाधि जितेको जनकपुरको हरेक खेलमा उनले महत्वपूर्ण योगदान दिएका थिए।

सर्वाधिक रन बनाउनेमा यसअघि चितवन राइनोजका रवि भोपाराको अग्र स्थानमा थिए । उनले ८ इनिङमा २८६ रन बनाएका थिए। तेस्रो स्थानमा रहेका रोहित पौडेलले ७ इनिङमा २७९ रन बनाएका छन्।