प्रदेश २ का मुख्यमन्त्री रावतका ११ प्रतिवद्धता यस्ता छन्

प्रदेश २ का मुख्यमन्त्री रावतका ११ प्रतिवद्धता यस्ता छन्


काठमाडौं– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ११ बुँदे प्रतिबद्धता व्यक्त गरेका छन्।

सुशासनका निम्ति भन्दै रावतले वन्यजन्तु तस्करी, प्राकृतिक श्रोत साधन दोहन तथा वन फडानी कार्यलाई तत्काल रोकिने, नीतिगत रुपमा हुँदै आएको भ्रष्टाचार र प्रशासनिक ढिला सुस्तीलाई नियन्त्रण गर्ने, प्राकृतिक श्रोत साधन दोहन गर्ने र वन फडानी कार्यमा संग्लनहरुलाई कानुनको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरेका हुन्।

गाँउपालिका, नगरपालिका र वडा लगायतका स्थानहरुमा पुगेर जनताहरुको गुनासो सुन्ने र सम्बोधनका लागि प्रयास गर्ने मुख्यमन्त्री राउतले बताए। मुुख्यमन्त्री रावतले पदभार ग्रहण गरिसकेका छन्।