शेखर कोइरालालाई हराएका लालबाबु भन्छन्– ‘साइकल फेर्दिन, पुरानै चढ्छु, पञ्चर भइहाले सार्वजनिक यातायात छँदैछ’

शेखर कोइरालालाई हराएका लालबाबु भन्छन्– ‘साइकल फेर्दिन, पुरानै चढ्छु, पञ्चर भइहाले सार्वजनिक यातायात छँदैछ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर– बीपीपुत्र शेखर कोइरालालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका एमाले नेता लालबाबु पण्डितले साइकल नफेर्ने बताएका छन्।

 

 

मोरङ क्षेत्र नम्बर ६ बाट निर्वाचित एमाले लालबाबुले नयाँ साइकल फेर्ने सोंच नबनाएको प्रतिक्रिया दिए।

 

‘पुरानै साइकलले काम चलाउँछु। पञ्चर भइहाले कहीले काँही सार्वजनिक यातायात छँदै छ,’ उनले भने।

 

लालबाबुले आफू शेखर कोइरालालाई भेटन साइकलमा नै जाने बताए। ‘डाक्टर साबलाई भेट्न जान्छु । म उत्तिकै सद्भाव राख्न चाहन्छु,’ उनले भने।

 

 

सामान्य प्रशासनमन्त्री बन्दा नेपाल सरकारको सुविधा लिएर विदेशको ग्रिनकार्ड र पीआर बोक्नेविरुद्धको अभियान चलाएर चर्चामा आएका पण्डितले फेरि पनि सरकारम त्यसस्तै महत्वपूर्ण जिम्मेवारी दिए पहिलेको अभियानलाई निन्तरता दिने बताए।

 

 

 

पण्डितले शेखरलाई ६ सय ७५ मत अन्तरले पराजित गरेका थिए।