काठमाडौ– ललितपुरको कुपन्डोल नजिकै बम विस्फोट भएको छ । काठमाडौं प्रहरी प्रमुख रविन्द्र धानुकले बम विस्फोटमा कुनै मानविय क्षती भने नभएको बताए ।
वम विस्फोटको आवाज सुनिएपछि स्थानिय वासिन्दा एकछिन घर बाहिर निस्केका थिए । कुपोण्डोलबाट युएनपार्क जाने बाटोमा वम विस्फोट भएको धानुकले जानकारी दिए ।
ललितपुरमा बम विस्फोट भएपछि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । काठमाडौंका विभिन्न स्थानमा प्रहरीले सुरक्षा चेक जांचलाई निकै कडा पारेको छ । काठमाडौं प्रहरी प्रमुख धानुकले घटनामा संलग्नको खोजी भइरहेको बताए ।
यसअघी ललितपुरमै वाम गठवन्धनको सभा भइरहेको बेला सभानजिकै बम विस्फोट भएको थियो ।
चुनावलाई लक्षित गरेर देशका विभिन्न भागमा वम विस्फोटका घटनाहरु बढिरहेका छन् । प्रहरीले अहिलेसम्म वम विस्फोटका घटनामा संलग्नको पहिचान गर्न सकेको छैन ।
प्रतिक्रिया