बिहारका पूर्वमुख्यमन्त्री लालु यादवलाई साढे ३ वर्षको जेल सजाय

बिहारका पूर्वमुख्यमन्त्री लालु यादवलाई साढे ३ वर्षको जेल सजाय


 काठमाडौं– भारतको बिहार राज्यका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई साढे ३ वर्षको जेल सजाय सुनाइएको छ।

 

 

भ्रष्टाचार आरोपमा पक्राउ परी राँचीको जेलमा रहेका लालुलाई केन्द्रीय अनुसन्धान ब्युरो सीबीआईको विषेश अदालतले भिडियो कन्फ्रेरेन्समार्फत जेल सजायसँगै र ५ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको हो।

 

 

लालुले पशु दाना खरिदमा घोटाला गरेको भन्दै १५ दिनअघि अदालतले दोषि ठहर गरेपछि प्रहरीले पक्रेर उनलाई राँचीको जेलमा राखेको थियो।

 

यादवले सन् १९९१ देखि १९९४ बीच देवघर राज्यकोषबाट ८५ लाख भारतीय रुपैयाँ घोटाला गरेको विशेष अदालतको ठहर छ। चारा घोटालाका नामले परिचित यो घटनामा यादवसँगै अरु १५ जनालाई पनि दोषि ठहर गरिएको छ।

 

 

दोषि ठहर हुनेमा दुई पूर्वमन्त्री पनि छन्।

 

 

यादवमाथि सिबिआईको अदालतमा चारा घोटालाकै बारेमा ३ वटा मुद्दा चलिरहेको छ। अर्को एउटा मुद्दाको फैसला पनि केहि दिनभित्रै आउने छ।

 

 

 

यहि मुद्दामा सन् २०१३ मा पनि सिबिआई अदालतले यादवलाई ५ वर्षको जेल सजाय र २५ लाख भारतीय रुपैयाँ जरिवाना गरेको थियो। तर दुई महिना जेल बसेपछि यादव सर्वोच्च अदालतको आदेशमा धरौटिमा रिहा भएका थिए।

 

यो मुद्दा लागेपछि संसद सदस्यता गुमाएका उनी चुनाव लड्न पनि आयोग्य ठहर भएका थिए।