एजेन्सी – लाउडा एयरका संस्थापक निकी लाउडाको निधन भएको छ । ७० वर्षीय लाउडाको सोमबार घरमै निधन भएको उनको पारिवारिक स्रोतले पुष्टी गरेको छ । अष्ट्रियाका लाउडा फरारी कार रेसमा तीन पटक विश्व च्याम्पिएन बनेका थिए ।
लाउडाले सन् १९७९ मा लाउडा एयर स्थापना गरेका थिए । लाउडा एयर नेपालसँग पनि जोडिन्छ । गिरिजाप्रसाद कोइरालाको तत्कालीन सरकारले लाउडा जहाज भाडामा लिँदा गरेको भनिएको अनियमिततालाई प्रतिपक्षीले निकै पछिसम्म राजनीतिक मुद्दा बनाएका थिए ।
तत्कालीन शाही नेपाल वायु सेवा निगमले बिना टेन्डर लाउडा एयरको बोइङ ७६७ जहाज १८ महिनाका लागि भाडामा ल्याउँदा प्रतिघन्टाको भाडामा निकै बढी राखिएको भनेर विरोध भएको थियो।
लाउडाले पछि १९९०मा उक्त एयरलाइन्स बेचेका थिए ।
प्रतिक्रिया