काठमाण्डु – लक्ष्मी बैंकले आफ्नो २०औं वार्षिकोत्सवको प्रतिबद्धतास्वरुप काठमाण्डु विश्वविद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग वा गणित स्टीम विषयमा स्नातकोत्तर वाविद्यावारिधिअध्ययनगर्न चाहने महिलालाई छात्रवृत्तिप्रदानगर्न काठमाण्डु विश्वविद्यालयसँग समझदारी गरेको छ ।
सो सम्बन्धी समझदारीपत्रमा बैंककाप्रमुखकार्यकारी अधिकृत अजयविक्रमशाहतथा काठमाण्डु विश्वविद्यालयइन्डेमेन्ट ड्राइभ समितिका संयोजकप्रा. डा. विपिनअधिकारीले हस्ताक्षर गरेका छन् ।
उक्त छात्रवृत्तिमार्फत लक्ष्मी बैंकले आर्थिक रुपमा विपन्नतथा जेहेन्दार महिला विद्यार्थीलाईे उच्च शिक्षा हासिल गर्न सहयोग गर्नेछ । छात्रवृत्ति पाउन योग्य विद्यार्थीको छनौट सम्बन्धी प्रकृया काठमाण्डु विश्वविद्यालयकै मातहतमा हुनेछ भने बैंकले छात्रवृत्तिका लागिआर्थिक सहयोग प्रदानगर्ने तथा त्यसको प्रवद्र्वन गर्नेछ ।
छात्रवृत्ति कार्यक्रम सञ्चालनका लागि बैंकले १ करोड बराबरको अक्षयकोषको स्थापना गर्नेछ । सो कोषमा प्राप्त हुने ब्याजको ५० प्रतिशत रकम कोषमै थप हुने र बाँकी ५० प्रतिशत रकम विद्यार्थीको अध्ययन सम्बन्धी खर्च व्यहोर्न प्रयोग हुनेछ ।
लक्ष्मी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तर दायित्व रणनीति अन्तर्गतको प्रमुख प्राथमिकतामा रहेको लैंगिक समानताको उत्थानका लागि यस छात्रवृत्ति कार्यक्रमको माध्यमबाट योगदान पु¥याउँदै महिलाहरुले फरक पृष्ठभुमिको बावजुत उपयोग्य तथा आफ्नो छनौटको पेशा अवलम्बन गर्न आवश्यक सहायता, आत्मविश्वास तथा दक्षता प्राप्त गरी समतामूलक समाज निर्माणमा सहयोग पुग्ने विश्वास लिएको छ ।
समृद्ध नेपाल निर्माणका लागि आधाभन्दा बढी जनसंख्याओगट्ने महिला वर्गको सशक्तिकरण अत्यावश्यक रहेको बैंकको धारणा रहेको छ ।
प्रतिक्रिया