लक्ष्मी बैंकले ल्यायो वल्र्डकप विशेष योजना, यस्ता छन् सेवा सुविधा

लक्ष्मी बैंकले ल्यायो वल्र्डकप विशेष योजना, यस्ता छन् सेवा सुविधा


काठमाडौं – लक्ष्मी बैंकले ‘कन्ट्रोल ओ’ नामक डिजिटल माध्यमबाट खाता खोल्ने ग्राहकहरुका लागि विशेष योजना सुरु गरेको छ ।

एफ१ सफ्टसँगको सहकार्यमा सञ्चालित सो योजना अन्तर्रगत हाल जारी ‘आईसीसी क्रिकेट विश्वकप २०१९’ को अवधिभर ‘कन्ट्रोल ओ’ मार्फत बचत खाता खोल्दा ग्राहकहरुले ५ सय रुपैयाँबराबरको मोबाइल ब्यालेन्स प्राप्त गर्न सक्नेछन्।

ग्राहकले बैंकको वेवसाइटमा गई अनलाइन खाता खोल्ने निवेदन दिन सक्नेछन् र त्यसलाई आधिकारीकता दिन एक पटकको लागि बैंकको नजिकैको शाखामा जानु पर्ने हुन्छ ।

लक्ष्मी बैंकले कागज रहित बैंक खाता खोल्न अभिपे्ररित गर्ने उद्देश्यले यो योजना सार्वजनिक गरेको हो । यसबाट विद्युतीय कारोबारलाई समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।

वल्र्ड कप विशेष योजना वातावरणमैत्री बैकिंग प्रणाली अवलम्बन गर्ने तर्फ बैंकको एक अर्को कदम हो । यस योजनाले बातावरणमा कार्वन फुटप्रिन्टमा कमी आउने र जिम्मेवार एवं दिगो व्यवसायलाई सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकको संजाल ४७ जिल्लामा १०६ शाखा, २ एक्स्टेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १२८ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, विमा लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।

यो योजनासँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।