लक्ष्मी बैंक र के–ल्याव वीच प्रयोगशाला सेवा उपलब्ध गराउन सम्झौता

लक्ष्मी बैंक र के–ल्याव वीच प्रयोगशाला सेवा उपलब्ध गराउन सम्झौता


काठमाडौं– लक्ष्मी बैंक तथा क्राउन लेब्रोटरी एण्ड रिफरल सेन्टर (के– ल्याब) प्रयोगशाला सेवाका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल अधिराज्यभर न्यूनतम मूल्यमा गुणस्तरीय प्रयोगशाला सेवा उपलब्ध गराउने उद्देश्य सहित सम्झौतपत्रमा हस्ताक्षर भएको छ ।

लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग तथा के–ल्यावका तर्फबाट कान्ति थापाद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता पछि लक्ष्मी बैंकका ग्राहक एवं कर्मचारीहरुले के–ल्यावले प्रदान गर्ने विभिन्न सुविधाहरुमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

लक्ष्मी बैंकका ४६ जिल्लाहरुमा ९० शाखा, ३ वटा हस्पिटल काउन्टर, १०६ एटिएम तथा २५०० रेमिट्यान्स एजेन्ट तथा ५१ शाखारहित बैकिङ्ग एजेन्टहरु छन् ।