काठमाण्डु – लक्ष्मी बैंक लिमिटेड र भारतको आईसीआईसीआई बैंक लिमिटेडबिच व्यापारिक साझेदारीका क्षेत्रहरू विस्तार गर्ने सम्झौता सम्पन्न छ।
सो सम्झौता पत्र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र आइसि आइसि आइ बैंकको नेपालका लागि प्रमुख प्रतिनिधि रन्जनकुमार थापाले आदान प्रदान गरेका थिए ।
उक्त सम्झौताले नेपाल र भारतबीचको परम्परागत अन्तर-बैंक भुक्तानीका साथ साथै भुक्तानी गरी दुई देशबीच रेमिट्यान्स भुक्तानीको दायारा विस्तार गर्न सहज बनाउने छ ।
साथै यो सम्झौताले दुई बैंकबिच मानव संसाधन, प्रविधि र सञ्चालन लगायतका विविध क्षेत्रमा ज्ञान आदान प्रदानगर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया