लक्ष्मी बैंक पुग्यो पुर्वी पहाडी जिल्लामा, ताप्लेजुङ्गमा लक्ष्मी बैंकको शाखा खुल्यो

लक्ष्मी बैंक पुग्यो पुर्वी पहाडी जिल्लामा, ताप्लेजुङ्गमा लक्ष्मी बैंकको शाखा खुल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–लक्ष्मी बैंकले ताप्लेजुङ्गको, फुङ्गिल्ङ्गमा नयाँ शाखा संचालनमा ल्याएकोे छ । ताप्लेजुङ्गमा बैकंको यो पहिलो शाखा हो ।

 

 

 

संयुक्त राष्ट्र संघ पूँजी विकास कोष तथा लक्ष्मी बैंकबाट संयुक्त रुपमा सञ्चालित “उन्नति  बित्तमा पहुंच परियोजना अन्तर्गत पूर्वाञ्चलका ९ जिल्लाका ग्रामीण समुदायमा वित्तीय पहुँच पु¥याउने योजना अन्तर्गत यी शाखहरु सञ्चालन गरिएको लक्ष्मी बैंकले जनाएको छ ।  

 

 

यससंगै लक्ष्मी बैंकको शाखा संजाल ७२, ३ हस्पिटल सेवा काउन्टर, ९३ एटिएम संजाल, २५०० भन्दा बढि रेमिटेन्स् अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । यी शाखाहरुकासाथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।  

 

 

यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

 

 

 
सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथ साथै व्यक्तीगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गरी व्यक्तीगत तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरालाई फराकिलो पार्दै जाने लक्ष्य बैंकले लिएको छ ।

 

 

 

लक्ष्मी बैंकले विशेष गरी साना व्यवसाय कर्जा र व्यवसायिक कृषि क्षेत्रमो आफ्नो ध्यान केन्द्रित गरेको छ ।