लक्ष्मी केयर्सको साइकल -यालीमा उत्साहजनक सहभागिता

लक्ष्मी केयर्सको साइकल -यालीमा उत्साहजनक सहभागिता


काठमाण्डु –  लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा स्थापित गैर नाफमूलक संस्थालक्ष्मी केयर्सले “अरेन्जलभ्स ग्रिन” अभियान अन्तर्गत वार्षिक साइकल  -यालीको १२औं संस्करण चैत्र १९ गते शनिबार काठमाडौंमा आयोजना गरेको छ ।

टुँडिखेलस्थित आर्मी अफिसर्स क्लबबाट २०० भन्दा बढी साइकलयात्रीको सहभागितामा सुरु भएको सो -याली १३ किलोमिटरको दुरी पार गर्दै गोकर्ण फरेस्ट रिसोर्टमा गई सम्पन्न भएको थियो ।

-याली पश्चात विभिन्न पेशा तथा व्यवसायमा संलग्न करिब लक्ष्मी केयर्सका १००० भन्दा बढी हितैषिको उपस्थितिमा १९७४ एडि ब्यान्डको सांगितिक प्रस्तुति लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रम लक्ष्मी बैंकको २०औं वार्षिकोत्सवको उपलक्ष्यमाआयोजना गरिएको थियो । लक्ष्मी केयर्सले उज्यालो अभियानअन्तर्गत जनचेतना अभिवृद्विएवं विभिन्न सांस्कृतिक तथा सार्वजनिक स्थानलाई वातावरण मैत्री प्रविधिबाट उज्यालो बनाउने उद्देश्यका लागि रकम संकलन गर्ने प्रयोजनसहित साइकल -यालीका र्यक्रमको आयोजना गर्दै आएको छ ।

सो अभियानअन्तर्गत यसअघि लक्ष्मी केयर्सले बागमतिपुल, पाटन दरबार स्क्वायर,भद्रकाली–सिंहदरबार सडक,बाराको गढिमाइ मन्दिर र बनेपाको चण्डेश्वरी मन्दिर परिसरमा सौर्यबत्ती जडान गर्नुका साथै देशभर विभिन्न स्थानमा वृक्षरोपण गरेको छ ।