लक्ष्मी सनराइज बैंकको देशव्यापी डिजिटल संवाद कार्यक्रम सम्पन्न

लक्ष्मी सनराइज बैंकको देशव्यापी डिजिटल संवाद कार्यक्रम सम्पन्न


काठमाण्डु– लक्ष्मी सनराइज बैंकको डिजिटल डिसेम्वर अभियान अन्तर्गत देशव्यापी डिजिटल संवाद कार्यक्रम सम्पन्न भएको छ ।

लक्ष्मी सनराइज बैंकले आफ्नो छैटौं वार्षिक डिजिटल डिसेम्वर अभियान अन्तर्गत देशव्यापी रूपमा वित्तीय साक्षरता, डिजिटल बैंकिङ सुरक्षा तथा आधुनिक बैंकिङ उपकरणहरू बारे चेतनामूलक डिजिटल संवाद कार्यक्रम सफलतापूर्वक सम्पन्न
गरेको हो ।

यस कार्यक्रमले डिजिटल साक्षरता प्रवर्द्धन गर्न र सुरक्षित तथा सुविधाजनक बैंकिङ समाधानहरूको प्रयोगलाई प्रोत्साहन गर्ने बैंकको प्रतिवद्धतालाई थप जोड दिएको छ ।

सो कार्यक्रममा डिजिटल वित्तीय सेवाहरूको प्रभावकारीता, सुरक्षाको महत्त्व र उपयुक्त बैंकिङ तथा वित्तीय अभ्यासहरु बारे विविध समूहका सहभागीहरुलाई जानकारी दिन प्यानल छलफलहरू आयोजना गरिएको थियो।

ति छलफलहरू देशका सातैवटा प्रदेशका प्रमुख सहरहरूमा ११ डिसेम्बर देखि २९ डिसेम्बर सम्म पोखरा, सुर्खेत, इटहरी,जनकपुर,हेटौंडा, धनगढी, भैरहवा र काठमाडौं उपत्यकामा सम्पन्न गरिएको थियो ।

 प्रत्येक कार्यक्रमहरूमा नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूको मुख्य सम्बोधन साथै नेपाल प्रहरी, स्थानिय जनप्रतिनिधि, व्यवसायिक क्षेत्रका अगुवा, विश्वविद्यालयका प्राज्ञिक व्यक्ति, अपाङ्ग समुदायका प्रतिनिधि, उच्च कारोबार गर्ने व्यापारी र स्थानीय समुदायका प्रतिनिधिहरू लगायतका विभिन्न क्षेत्रबाट प्यानलमा समावेश रहेका थिए ।

उक्त कार्यक्रमहरूमा विद्यार्थी, युवा, कर्मचारी, उद्यमी, व्यापारीहरू तथा स्थानीय समुदायका प्रतिनिधिहरू गरी ५०० भन्दा बढीको सहभागीता रहेको थियो ।

देशका विभिन्न समुदायहरूलाई डिजिटल साक्षरता मार्फत वित्तीय रूपमा सशक्त बनाउने उद्देश्यका साथै डिजिटल बैंकिङको प्रयोगलाई प्रोत्साहन गर्न सो कार्यक्रामहरुमा वित्तीय डिजिटल साक्षरता, डिजिटल बैंकिङले जीवनस्तरमा गर्न सक्ने सुधार, अर्थतन्त्र र व्यापक पारिस्थितिक प्रणालीमा डिजितल बैँकिङ्गको फाइदा, नेपालमा सेवा क्षेत्रको डिजिटाइजेशन परिदृश्य, नेपालमा डिजिटल बैंकिङको वर्तमान अवस्था, डिजिटल बैंकिङका चुनौतीहरू (सुरक्षा, जोखिम, ठगीका प्रकार र समाधानहरू)जस्ता विविध विषयहरु समेटिएको थियो ।