लक्ष्मी सन्राइज बैंकको २४औं वार्षिक साधारणसभा सम्पन्न

लक्ष्मी सन्राइज बैंकको २४औं वार्षिक साधारणसभा सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  लक्ष्मी सन्राइज बैंक लिमिटेडको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार काठमाडौंमा लक्ष्मी सन्राइज बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भउको हो ।

साधारण सभाले बैंकको चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी २४ अर्ब ३४ करोड पुगेको छ ।

साधारणसभाले आर्थिक वर्ष २०८०÷८१ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८१÷८२ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।

आ.व. २०८०÷८१ मा ३३३ अर्ब निक्षेप र २५८ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार ३९५ अर्ब रहेको छ । सो आ.व.मा बैंकले २ अर्ब ९२ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।