काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आँखाबाट आँसु झरेको हामी सबैले देखैकै हो । बोल्दाबोल्दै उनको गला अवरुद्ध पनि भएको छ । उनी आफू पनि अलि बढी भावुक रहेको बताउने गरेका छन् ।
छोरा प्रकाश या पत्नी सीताको वियोगमा प्रचण्डको आँखाबाट आँसु आउनु मानवीय संवेदना पनि हो । तर यसबाहेकका घटनामा पनि उनी रोएका, भावुक भएका छन् ।
सबैभन्दा बढी भावुक हुने र आँसु बग्ने नेपाली नेताहरू मध्ये प्रचण्ड नै हुन् । उनी पटकपटक आफूभित्र ‘पीडा’ रहेको पनि बताउँदै आएका छन् ।
संसदमा होस् या सार्वजनिक कार्यक्रममा प्रचण्ड भावुक भएको र आँखाबाट आँसु आएको अथवा बोल्दाबोल्दै गला अवरुद्ध भएको धेरै पटक देखिन्छ ।
सार्वजनिक कार्यक्रममै रुने उनी एक्ला नेता भने होइनन् । मन्त्री पदबाट बाहिरिँदा रामकुमारी झाँक्री पनि रोएकी थिइन् ।
संसारमा प्रचण्ड र झाँकीजस्ता थुप्रै नेताहरू छन् जो रोएका छन् र भावुक भएका छन् । सामान्तया भन्ने गरिन्छ पुरूषहरू रूनुहुन्न । तर, राजनीतिक नेताहरू रूँदा के हुन्छ ? उनीहरू रूँदा के महसुस गर्छन् ?
मनोविश्लेषकरू भन्छन् जब मानिस अत्यधिक पीडा वा खुशीमा हुन्छ, त्यतिबेला मानिसका आँखाबाट अनायासै आँसु झर्न थाल्छ । आँशु आउन एकान्त नै चाहिन्छ भन्ने छैन, सार्वजनिक स्थलमै पनि मानिस आँसु बगाउँछन् ।
तर, जब नेताहरू जब आँसु खसाल्छन्, त्यसबेला ठूलै खबर बन्छ । अझ पुरुषका आँखाबाट आँसु झर्यो भने त अनेक टिप्पणी हुन्छ ।
धेरैका लागि यो अब पुरानो किस्सा बनिसकेको छ कि पुरुषहरू रुनु हुन्न । तर, राजनीतिक नेताहरू पनि चाहे पुरुष होस् वा महिला सार्वजनिक स्थलमा रुँदा भने ‘भाइरल’ बन्ने गर्छन् ।
हालै मात्र वेल्सका प्रधानमन्त्री वोन गेथिङ संसद्मा अविश्वासको प्रस्ताव पेस गर्नुअघि रोइरहेको देखिएको थियो । उनले पछि विश्वासको मत पाएनन् र पद गुमाए ।
यसरी गेथिङसहित विन्सटन चर्चिलदेखि अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामासम्मका विश्वका नेताहरू सार्वजनिक स्थानमा रोएका छन् ।
‘यसरी जनताका माझ रूने नेताहरूलाई बढी मानवीय वा प्रामाणिक मानिन्छ कि यो उनीहरूको कमजोरीको संकेत हो ?
गुटो ह्यारी बेलायतका पूर्वसञ्चार निर्देशक हुन् । उनले बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसनको पालामा काम गरिसकेका छन् । उनी भन्छन्, ‘मानिसहरू तपाईंलाई उनीहरूको भावनाहरूसँग जोडिएको हेर्न, महसुस गर्न चाहन्छन् ।’ तर, तितो सत्य यो हो कि जनता नेताहरूलाई कमजोर देख्न चाहँदैनन् । जतिसुकै दयालु भए पनि आफ्नो कोठामा रोएको भेटियो भने बलिया छैन भन्ने बुझ्छन् ।
ह्यारी भन्छन्, ‘कुनै पनि राजनीतिक नेताको लागि वास्तविक र सबैभन्दा महत्वपूर्ण कुरा भनेको उसमा कत्तिको वास्तविकता छ भन्ने हो ।’
उदाहरणका लागि बेलायती राजनीतिज्ञ तथा पूर्वप्रधानमन्त्री गोर्डन ब्राउन र बेलायतकै पूर्वप्रधानमन्त्री थेरेसा मे जस्ता व्यक्तिहरू एक हदसम्म त्यस्तै थिए ।
राजनीति बाहिर र भित्र धेरै नेताहरू छन्, जसलाई जनताले क्यामेरामा रोएको देखेका छन् । बेलायतका पूर्वप्रधानमन्त्री विन्स्टन चर्चिल सार्वजनिक रूपमा रूनेका लागि परिचित थिए ।
सन् १९९७ मा सेवाबाट हटाइँदा बेलायतकी महारानी आफ्नो आँसु पुछ्दै देखिएकी थिइन् ।
सन् २०१३ मा बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरको पार्थिव शवलाई गाड्ने क्रममा चान्सलर जर्ज ओसबोर्नको आँखामा आँसु देखिएको थियो । आफ्नो कार्यकालमा पूर्वअमेरिकी राष्ट्रपति ओबामा धेरै पटक सार्वजनिक रूपमा रोएका छन् ।
उनी सन् २०१२ मा स्यान्डी हुक नरसंहार र सन् २०१५ मा एरिथा फ्र्याङ्कलिनको प्रदर्शनमा रोइरहेको देखिएका थिए । बेलायती प्रधानमन्त्री टेरेसा मे सन् २०१९ मा प्रधानमन्त्री पदबाट राजीनामा दिने निर्णयको घोषणा गर्दा रोएकी थिइन् ।
बर्नार्ड क्याप, वारविक विश्वविद्यालयको इतिहास विभागका एमेरिटस प्रोफेसर र ब्रिटिश एकेडेमीका फेलो हुन् । उनी भन्छन्, ‘इतिहासभरि सार्वजनिक रूपमा रूने मानिसहरूको धारणा धेरै पटक परिवर्तन भएको छ ।’
‘पुरूष रूनुलाई कुनै समय कमजोरी मानिन्थ्यो, तर अब होइन । झुटो आँसु निकालेर जनताको सहानुभूति पाउन खोज्नु चाँही जोखिमपूर्ण कार्य हो’, उनी भन्छन् ।
उनका अनुसार प्राचीन ग्रीस वा रोम वा मध्ययुगीन इङ्गल्याण्ड जस्ता धेरै कालखण्डहरूमा पुरूषहरूले आफ्ना भावनाहरू खुलेर व्यक्त गर्दै रूने गर्थे ।
थ्याचर र मे दुवै दुःखी देखिन्थे, पद छोडेर जाँदा । जबकि बेलायती पूर्वप्रधानमन्त्री डेभिड क्यामरून राजीनामाको समयमा गुनगुनाउँदै देखिएका थिए । यसो गरेर उसले आफूमाथि आफ्नो नियन्त्रण रहेको देखाउन खोजेको देखिन्थो ।
कठोर तानाशाहको रुपमा ब्याख्या गरिने उत्तर कोरियाली नेता किम जोङ ऊनले समेत देशबासीका नाममा सम्बोधन गर्दा आँसु लुकाउन सकेनन् ।
भारतीय सन्दर्भमा पनि नेताहरू रोएको केही उदाहरण छन् । भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धी पनि सार्वजनिक रूपमा रोएकी थिइन् ।
लालकृष्ण आडवाणी पनि धेरै पटक भावुक भएको देखियो । धेरै टेलिभिजन अन्तर्वार्तामा प्रधानमन्त्री नरेन्द्र मोदी भावुक देखिएका छन् । चुनावी सभाहरूमा पनि प्रधानमन्त्री मोदी धेरै पटक भारी गला बोकेर बोलेको सुनिएको थियो ।
यसरी जनतामा रुने नेताहरूलाई बढी मानवीय वा संवेदनशील पनि मान्ने गरिन्छ । तर आलोचकहरुले भने यो उनीहरूको कमजोरीको संकेत हो भन्ने पनि भन्ने गर्दछन् ।
प्रतिक्रिया