लेखराज भट्टको ओली प्रचण्डलाई प्रश्न : भ्रष्ट छवि भएकोलाई किन नियुक्ति दिएको ?

लेखराज भट्टको ओली प्रचण्डलाई प्रश्न : भ्रष्ट छवि भएकोलाई किन नियुक्ति दिएको ?


काठमाडौं – नेकपाको स्थायी कमिटी बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरुले पार्टी नेतृत्वको कार्यशैलीका साथै सरकारको चर्को आलोचना गरेका छन् । बुधबारको स्थायी कमिटी बैठकमा धारणा राख्ने क्रममा नेता लेखराज भट्टले दूरसञ्चार प्राधिकरणमा दिगम्बर झालाई गरिएको नियुक्तिबारे गम्भीर प्रश्न उठाएका छन् ।

झा भ्रष्ट छविको व्यक्ति भएको भन्दै उनले आफू मन्त्री हुँदाको समय झाले आयल निगममा नियुक्त हुनको लागि घुसको प्रस्ताव गरेको खुलासा गरे । त्यस्तो विवादित व्यक्तिलाई किन र कुन आधारमा नियुक्ति गरिएको हो त्यसबारे पार्टी र सरकारले जवाफ दिनुपर्ने उनले माग गरे ।

‘म वाणिज्य तथा आपूर्तिमन्त्री हुँदा दीगम्बर झाले घुस प्रस्ताव गरेका थिए । त्यतिबेला उनी मान्छे ठीक छैनन् भनेर मैले मतलब गरिन तर त्यही व्यक्तिलाई सरकारले किन नियुक्ति गर्यो यसबारे पुनर्विचार गरियोस् ’, उनले भने, ‘त्यतिबेला झाले घुस प्रस्ताव गरेको कुरा मैले अध्यक्ष प्रचण्डलाई पनि जानकारी गराएको थिएँ। ’उनले पार्टी अध्यक्षद्वय केपी ओली र प्रचण्डले ल्याएको प्रतिवेदन पार्टीको हाइट अनुसारको नभएको भन्दै त्यसलाई सच्याइनुपर्नेमा जोड दिए ।