पूर्वमन्त्री अधिकारीलाई २ दिन हिरासतमा राख्न अनुमति

पूर्वमन्त्री अधिकारीलाई २ दिन हिरासतमा राख्न अनुमति


काठमाण्डु–जिल्ला अदालत काठमाडौंले कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

अदालतले उनलाई २ दिन हिरासतमा राख्न अनुमति दिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

मानव तस्करीमा मुछिएपछि अधिकारीलाई आइतबार प्रहरीले विराटनगरबाट पक्राउ गरेको थियो। उनीमाथि सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्नुपर्ने भन्दै प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो ।