काठमाण्डु– कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले काठमाडौं ल्याइएको छ । आइतबार विराटनगरमा पक्राउ परेका अधिकारीलाई आजै दिउँसो हवाइजहाजमार्फत काठमाडौं ल्याइएको हो ।
त्रिभुवन विमानस्थलबाट उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा लगिने परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।
मानव तस्करीको आरोप लागेका अधिकारीलाई शनिबार नेकपा एमाले कोशी प्रदेश कमिटीले निलम्बन गरेको थियो । उनले केहि दिन अघी जापान भ्रमणका विषयमा विवाद भएपछि मन्त्रीबाट राजीनामा दिएका थिए ।
अधिकारी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्रीको हैसियतमा केही दिन अगाडि वैदेशिक भ्रमणका लागि जापान गएका थिए ।
प्रतिक्रिया