लुम्बिनीमा एमालेका लिला गिरी मुख्यमन्त्री बन्दै

लुम्बिनीमा एमालेका लिला गिरी मुख्यमन्त्री बन्दै


काठमाण्डु-लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ । माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोखबहादुर महराले आइतबार राजीनामा दिएपछि आज एमालेका लुम्बिनी संसदीय दलका नेता लीला गिरी नयाँ मुख्यमन्त्री बन्न लागेका हुन् ।

गिरीलाई नियुक्तिको लागि कांग्रेस र एमालेले संयुक्त रूपमा दाबी पेस गर्ने तयारी रहेको छ । दुई दलबीच भएको सहमतिअनुसार एमालेको भागमा मुख्यमन्त्री परेसँगै गिरीलाई उम्मेदवार बनाउने पार्टीले निर्णय भएको हो ।

लुम्बिनीका प्रदेश प्रदेश अमिक शेरचनले नयाँ सरकार गठनका लागि दलहरूलाई आज साँझ ६ः३० बजेसम्मको समय दिएर दाबी पेस गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ सरकार गठनका दावी पेश गर्न दलहरूलाई आह्वान गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका दावी पेश गर्नुपर्छ । केन्द्रमा फेरिएको नयाँ समिकरण अनुसार तीन महिनामा माओवादी नेतृत्वको सरकार ढलेर नयाँ सरकार गठन हुन लागेको हो ।