सूर्यदर्शन सहकारी ठगी प्रकरण : लिला पछाईंले पनि बुझाइन् धरौटी

सूर्यदर्शन सहकारी ठगी प्रकरण : लिला पछाईंले पनि बुझाइन् धरौटी


काठमाण्डु– सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकी लिला पछाईं धरौटी बुझाएर रिहा भएकी छन् ।

उनले शुक्रबार जिल्ला अदालत कास्कीमा नगद धरौटी बुझाएकी हुन् ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लीलासहित ७ जनालाई बिहीबार धरौटीमा छोड्न आदेश दिएको थियो ।

अन्य ६ जना बिहीबार नै धरौटी बुझाएर रिहा हुँदा लीलाले भने बुझाएकी थिइनन् ।

उनलाई ३७ लाख धरौटी माग गरिएको थियो । बिहीबार पैसा बुझाउन नसकेपछि उनलाई कास्की कारागार चलान गरिएको थियो ।