लीलाको बयान सकिएपछि मात्र रविको बयान सुरु हुने

लीलाको बयान सकिएपछि मात्र रविको बयान सुरु हुने


काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बयानका लागि जिल्ला अदालत कास्की पुर्‍याइएको छ ।

उनीसँगै हिरासतमा रहेका पूर्व डीआईजी छविलाल जोशी, लीला पछाई र रामबहादुर खनाललाई पनि अदालत लगिएको हो ।

लीलाको बयान सकिएपछि रविको बयान सुरु हुने जिल्ला अदालत कास्कीले जनाएको छ ।

सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा छविलाल जोशीको बयान सकिएको छ भने लीलाको बयान चलिरहेको छ ।