प्रधानमन्त्री कार्यालयकी सचिव लीलादेवीलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिने तयारी

प्रधानमन्त्री कार्यालयकी सचिव लीलादेवीलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिने तयारी


काठमाण्डु – भ्रष्टाचार गरेको आरोपमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गर्ने तयारीसँगै सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिने तयारी गरेको छ ।

अन्तःशुल्क स्टिकर छपाइ प्रकरणमा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले अर्यालविरुद्ध मुद्दा दर्ता गरेलगत्तै उनी स्वतः निलम्बन हुनेछन् । आरोप पत्रको फाइल लिएर अख्तियारका अधिकृतहरू विशेष अदालत पुगिसकेका छन् ।

गड्तौला नेपाल सरकारको कानून समूहमा कार्यरत रही २०७७ मंसिरमा सचिव बनेकी हुन् ।