पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति


काठमाण्डु– अदालतले कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

मंगलबार जिल्ला अदालत काठमाडौंले उनलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

हिरासतमा राख्न अदालतबाट अनुमति लिएको समय सकिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अधिकारीलाई अदालतमा पेश गरेको थियो ।

मानव तस्करीको आरोप लागेका अधिकारी गत कार्तिक २६ गते पक्राउ परेका थिए ।