काठमाण्डु – बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी रिहा भएकी छन् ।
प्रतिलिपि अधिकार उल्लङ्घन गरेको आरोपमा पक्राउ परेकी रेग्मीलाई आइतबार जिल्ला अदालत काठमाण्डुले २ लाख ७७ हजार धरौटीमा रिहा गरेको हो । उनलाई महानगरीय प्रहरी परिसर काठमाण्डुले गत पुस २७ गते पक्राउ गरेको थियो ।
गायक प्रमोद खरेललगायत केही कलाकारहरुले परिसरमा प्रतिलिपि अधिकार उल्लंघनमा अध्यक्ष रेग्मीविरुद्ध जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा जिल्ला अदालत काठमाण्डुबाट अनुमति लिएर परिसरले रेग्मीलाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया