शैक्षिक प्रमाणपत्र धितो राख्नेसहित ७ वटै शीर्षकमा सहुलियत ब्याजमा ऋण दिन राष्ट्र बैंककाे सर्कुलर

शैक्षिक प्रमाणपत्र धितो राख्नेसहित ७ वटै शीर्षकमा सहुलियत ब्याजमा ऋण दिन राष्ट्र बैंककाे सर्कुलर


काठमाडौं – नेपाल राष्ट्र बैंकले शैक्षिक प्रमाणपत्र धितो राख्नेसहित ७ वटै शीर्षकमा सहुलियत ब्याजमा ऋण दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले बिहीबार सूचनामार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान कार्यविधि २०७५ अनुसार सहुलियतको ऋण दिन भनेकाे हाे।

राष्ट्र बैंकले २०७४ सालको व्यावसायिक कृषि तथा पशुपालन र भूकम्प पीडितको घर निर्माणका लागि सामूहिक जमानीको निब्र्याजी ऋणसम्बन्धी कार्यविधि खारेज गरेर नयाँ कार्यविधि अनुसार ऋण दिन पनि निर्देशन दिएको छ ।

अर्थ मन्त्रालयले शैक्षिक प्रमाणपत्र धितो राखेर सुहलियत ऋण पाउने, विदेशबाट फर्केकाहरुले ऋण पाउने, महिला उद्यमको लागि ऋण, शैक्षिक कर्जा, दलित कर्जा, व्यावसायिक कृषि तथा पशुपालन र भूकम्प पीडितलाई सहुलियतमा ऋण दिन कार्यविधि बनाएको थियो ।

सहुलियतमा ऋण पाउनेले बैंकहरुले तोकेको आधारदरको बढीमा २ प्रतिशत ब्याजमा ऋण पाउनेछन । यस्तो कर्जाको ब्याजदर बढीमा ७ प्रतिशतसम्म मात्रै हुनेछ ।