स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने


काठमाण्डु-स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने कार्यतालिका छ ।

निर्वाचन आयोगका अनुसार विहान १० देखि अपरान्ह ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ । यस्तै मंगलवार अपरान्ह ५ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

यसैगरी, मंसिर ५ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपरान्ह ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

उपनिर्वाचनका लागि आइतबार विभिन्न ४२ पदका लागि ४०७ जनाले उम्मेदवार दर्ता गरेका छन् । यस्तै जिसस प्रमुख पदका लागि पनि ३ जनाको उम्मेदवारी परेको छ ।