स्थानीय तह निर्वाचनका लागि ८० दल दर्ता, सिके राउतको पार्टी पहिलो (सूचीसहित)

स्थानीय तह निर्वाचनका लागि ८० दल दर्ता, सिके राउतको पार्टी पहिलो (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्थानिय निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् ।

आयोगमा दर्ता भएका १ सय ११ राजनीतिक दलमध्ये ८० राजनीतिक दलले स्थानीय तह निर्वाचनमा भाग लिनका लागि निवेदन दिएको आयोगले जानकारी दिएको छ ।

आयोगले सोमबार सार्वजनिक गरेको दल दर्ता गर्नेको सूचीमा सिके राउत नेतृत्वको जनमत पार्टी पहिलो दल बनेको छ । यस्तै दोस्रो र तेस्रोमा क्रमशः मंगोल नेसनल अर्गनाइजेसन र मजदुर किसान पार्टी छन् । पहिले निवेदन दिएर दर्ता भएका कारण यी दलहरु सुचीमा अगाडि आएका हुन् ।

मतपत्रमा भने यो सूचीको अर्थ हुँदैन । अघिल्लो चुनावमा समानुपातिकतर्फ प्राप्त मतपरिणामका आधारमा मतपत्रमा दलहरुको चुनावचिन्ह समावेश गरिन्छ ।