शपथ लिएको ४ महिनापछि राजदूत रेग्मीले जिम्मेवारी सम्हाले

शपथ लिएको ४ महिनापछि राजदूत रेग्मीले जिम्मेवारी सम्हाले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त लोकदर्शन रेग्मी झण्डै ४ महिना पछि कार्यक्षेत्रमा खटिएका छन् ।

सरकारले रेग्मीलाई अमेरिकाको राजदूतमा १४ साउनमा सिफारिस गरेको थियो ।

२७ भदौमा संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेको थियो भने अमेरिकाले उनको नाममा एग्रिमो पठाएपछि राष्ट्रपति रामचन्द्र पौडेलले १६ मंसिरमा लागि राजदूत नियुक्त गरेका थिए ।

तर, शपथ लिएको साढे ३ महिनापछि मात्र राजदूत रेग्मीले जिम्मेवारी सम्हालेका हुन् । चैत ६ गते अमेरिका पुगेका उनी स्थानीय समयअनुसार शनिबार बिहान राजदूत पदको औपचारिक जिम्मेवारी सम्हालेका हुन् ।

यसअघि उनीसँगै नियुक्त भई सपथ ग्रहण गरिसकेका जर्मनीका राजदूत शैल रूपाखेती, साउदी अरबियाका नरेशविक्रम ढकाल, अस्ट्रेलियाका राजदूत चित्रलेखा यादव, चीनका लागि राजदूत डा. कृष्णप्रसाद ओली ३ महिनाअघि जिम्मेवारी सम्हालिसकेका थिए । तर रेग्मी शपथ लिइसकेर पनि साढे ३ महिनासम्म काठमाडौंमै बसेका थिए ।

पूर्व मुख्य सचिवसमेत रहेका रेग्मी एमाले कोटाबाट राजदूत नियुक्त भएका हुन् । यसअघि पनि उनी एमालेकै कोटामा बेलायतका लागि राजदूत भएका थिए । उनी भूमि, अर्थ र गृह मन्त्रालयका सचिव पनि भएका हुन् । शपथ खाएको लामो समयसम्म खटाइएको देशमा नगएपछि उनको आलोचना पनि भइरहेको थियो ।

शपथ ग्रहण गरिसकेका राजदूत रेग्मी जिम्मेवारी सम्हाल्न कार्यक्षेत्र नगएकामा परराष्ट्र मन्त्रालयकै अधिकारी पनि चकित थिए । उनी किन कार्यक्षेत्रमा नगएका हुन् भन्नेबारे परराष्ट्रकै अधिकारीहरू बेखबर थिए ।