भारतीय लोकसभा निर्वाचन : छैठौं चरणको मतदान जारी, यी नेताहरूको हुँदैछ भविष्य तय

भारतीय लोकसभा निर्वाचन : छैठौं चरणको मतदान जारी, यी नेताहरूको हुँदैछ भविष्य तय


काठमाण्डु–भारतमा लोकसभा निर्वाचनको छैठौं चरणको मतदान शनिबार जारी छ । निर्वाचनका लागि एक केन्द्र शासित प्रदेशसहित आठ राज्यको ५८ सिटमा मतदान भइरहेको छ ।

यी आठ राज्यहरूमध्ये दिल्लीका सबै सात र हरियाणाका पनि सबै १० सिटमा मतदान जारी छ ।

यसका अतिरिक्त बिहारको आठ सिट, जम्मु–कश्मीरको एक, झारखण्डको चार, उडिशाको छ, उत्तर प्रदेशको १४ र पश्चिम बंगालको आठ सिटमा मतदान भइरहेको छ ।

आम निर्वाचनसँगै उडिशासहित चार राज्यहरू अरुणाचल प्रदेश, सिक्किम र आन्ध्र प्रदेशमा विधानसभाको पनि निर्वाचन भइरहेको छ । यसका अतिरिक्त केही राज्यका २६ विधानसभा सिटमा उपनिर्वाचन पनि भइरहेको छ ।

यस पटक भारतको निर्वाचनमा यस्ता तीन राज्य हुन् जहाँ सातै चरणमा निर्वाचन भइरहेको छ । ती हुन्–उत्तर प्रदेश, बिहार र पश्चिम बंगाल ।

उत्तर प्रदेशमा लोकसभाको ८० सिट छ भने बिहारमा ४० र पश्चिम बंगालमा ४२ सिट छ ।

भारतको लोकसभा निर्वाचनमा कूल ९६.८ करोड मतदाता छन् । यस मध्ये ४७.१ करोड महिला र ४९.७ करोड पुरुष मतदाता छन् । यसका साथै १९.७४ करोड युवा मतदाता छन् जसको उमेर २० वर्ष रहेको छ ।

छैठौं चरणको निर्वाचनमा प्रमुख सिट नयाँ दिल्ली, उत्तर पूर्व दिल्ली, उत्तर पश्चिमी दिल्ली र चांदनी चौक तथा उत्तर प्रदेशको सुल्तानपुर और आजमगढ़ मानिएको छ ।

जम्मु–कश्मीरको अनंतनाग–रजौरी, पश्चिम बंगालको तामलुक मेदिनीपुर, हरियाणाको करनाल, कुरुक्षेत्र, गुड़गांव, रोहतक र उडिशाको भुवनेश्वर, पुरी र संबलपुर पनि प्रमुख सिट हो ।

छैठौ चरणमा भारतका मुख्य हस्तीहरूको जित निर्धारण गर्दैछ । ती मध्ये एक हुन सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी)का संबित पात्रा । उनी पार्टीका मुखर प्रवक्ता हुन् । उनी पुरी संसदीय क्षेत्रबाट निर्वाचनमा प्रत्यासी बनेका हुन् ।

बीजेपी नेता तथा केन्द्रीय मन्त्री धर्मेंद्र प्रधान पनि उडिशाको संबलपुर सिटबाट प्रत्यासी छन् ।

जम्मु–कश्मीरको अन्नतनाग राजौरी सिटमा पीडीपी प्रमुख महबूबा मुफती चुनावी मैदानमा छन् । तर विपक्षी इण्डिया गठबन्धनमा भए पनि नेशनल कान्फ्रेन्सले पनि आफनो उम्मेदवार उठाएको छ ।

उत्तर प्रदेशको सुल्तानपुर सिटमा पूर्वकेन्द्रीय मन्त्री मेनका गान्धी दोस्रो पटक निर्वाचन लड्दै छिन् । यस पटक उनका छोरा वरुण गान्धीलाई बीजेपीले टिकट दिएको छैन ।

हरियाणाका पूर्वमुख्यमन्त्री मनोहर लाल खट्टर बीजेपीबाट हरियाणाको करनाल क्षेत्रबाट निर्वाचन मैदानमा छन् ।

दिल्लीमा आम आदमी पार्टी र कांग्रेसको गठबन्धन छ । यहाँ चार सिटमा आम आदमी पार्टी र तीन सिटमा कांग्रेस निर्वाचन लडिरहेको छ ।
नयाँ दिल्लीमा पूर्वकेन्द्रीय मन्त्री सुषमा स्वराजकी छोरी बांसुरी स्वराज मैदानमा छिन् । पेशाले वकिल उनी पहिलो पटक निर्वाचनमा भाग लिएकी हुन् ।

आम आदमी पार्टीका सोमनाथ भारती नयाँ दिल्ली लोकसभा सिटमा निर्वाचनमा प्रत्यासी छन् ।

उत्तर पूर्वी लोकसभा सिटमा बीजेपीका सांसद र भोजपुरी गायक मनोज तिवारी तथा कांग्रेस प्रत्यासी जेएनयू छात्र संघका पूर्वअध्यक्ष कन्हैया कुमार आमने–सामने छन् ।

यस अतिरिक्त छैठौं चरणको दौडमा राज बब्बर, दीपेन्द्र सिंह हुड्डा, कुमारी शैलजा र अपराजिता सारंगिया जस्ता प्रमुख हस्ती पनि निर्वाचनको मैदानमा छन् ।

भारतको लोकसभा निर्वाचन सात चरणामा भइरहेको छ । यसअघि पाँच चरणको मतदान क्रमशः १९ अप्रिल, २६ अप्रिल, ७ मई, १३ मई र २० मईमा सम्पन्न भइसकेको छ । सातौं तथा अन्तिम चरणको निर्वाचन १ जुनमा हुनेछ ।