गर्मीमा यस्ता लक्ष्ण देखिए ‘लू’ लागेको हुन सक्छ !

गर्मीमा यस्ता लक्ष्ण देखिए ‘लू’ लागेको हुन सक्छ !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बिगत केही दिन देखि लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानहरूको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ ।

शक्रबार र शनिबार मधेश प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानहरुको तापक्रम ४० डिग्री सेल्सियस र धेरै स्थानहरूमा ३९ डिग्री सेल्सियस वा सो भन्दा बढी रहेको थियो ।

दिनानुदिन तापक्रम बढ्दै गएको भन्दै मौसम पूर्वानुमान महाशाखाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेको छ।

तराईका भू–भागहरूमा तातो लहरबाट लू लाग्न सक्ने जोखिम अत्याधीक हुने गर्दछ ।

लू कसरी लाग्छ ?

नियमितभन्दा ५ डिग्री सेन्टिग्रेड तापक्रमलगातार ५ दिनभन्दा बढी भइराख्यो भने ‘लु’ लाग्ने सम्भावना हुन्छ। ‘लु’ लागेर मानिसको तत्कालै मृत्यु पनि हुन सक्छ ।अत्यधिक गर्मी हुने स्थानमा गर्मी मौसममा तातो बतास चलेको हुन्छ। यस्तो समयमा मानिस हिँड्दा, काम गर्दा, खेल्दा तातो हावा तथा घामको असरले बेहोस हुने हुन्छ।

लक्षण हरु ?
‘लु’ लागेमा शरीरमा तापक्रमको सन्तुलन बिग्रिन्छ। थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने, रक्तचाप कम हुने, पसिना ननिस्कने, शरीरको तापक्रम १०४ डिग्री फरेनहाइट भन्दा बढी हुनाका साथै छाला सुक्खा, रातो र तातो आदि हुने गर्दछ।

कसरी बच्ने ?
तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात चिसो स्थानमा रहने

– बाहिरी वातावरणमा बढी नजाने

–चर्को घाममा बाहिर ननिस्किने

–हल्का लुगा (सुतीको कपडा) लगाउने

–बाहिर निस्कँदा टाउको छोप्ने

–टोपी लगाउने

–नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, जीवनजल पिउने आदि) प्रशस्त मात्रामा पिउने

–चिसो पानीले नुहाउने

–चिया, कफी, सोडाजस्ता पेयपदार्थ नपिउने

–स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी संग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिने