लस एन्जलसको आगोले खरानी बने घरहरु (फोटोफिचर)

लस एन्जलसको आगोले खरानी बने घरहरु (फोटोफिचर)


एजेन्सी– अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगो तीव्र रुपमा फैलिरहेको बताइएको छ ।आगोका कारण १० हजार भन्दा बढी मानिस घर छोड्न बाध्य भएका छन् भने ७ जनाले ज्यान गुमाएका छन् ।

आगजनी पूर्वानुमानकर्ताहरूले शुक्रवारदेखि आगो अझै तीव्र गतिमा फैलिएर थप क्षति गर्न सक्ने भन्दै सावधानी अपनाउन चेतावनी दिएका छन् ।

प्यासिफिक प्यालिसेड्समा १७,००० एकर (६,९००हेक्टर)मा फैलिएको आगलागी लस एन्जलसको इतिहासमा सबैभन्दा विनाशकारी प्राकृतिक प्रकोप मध्ये एक भएको छ ।

आगलागीबाट सयैं घरहरु जलेर खरानी भएका छन् । लस एन्जलस जलिरहँदा ६८ खर्ब बढीको आर्थिक क्षति भएको छ भने २० हजार बढी भवन प्रभावित भएका छन् ।

 

तस्वीर : एएफपी