लोक गायक एलपी जोशीको निधन

लोक गायक एलपी जोशीको निधन


काठमाण्डु-‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ बोलको लोकप्रिय लोक गीतका गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ । ८८ वर्षीया गायक तथा गीतकार जोशीको झापाको विर्तामोडमा निधन भएको हो ।

वि.सं. १९९३ सालमा धनकुटा ६ बिचबजारमा जन्मिएका जोशी बिहीबार साँझ खाना खाएपछि अचानक बेहोस भएका थिए । उनको झापाको दमकस्थित घरबाट अस्पाल लानेक्रममा बाटोमै निधन भएको हो । उनी लामो समयदेखि मधुमेहको औषधि खाँदै आएका थिए ।

उनले २०१३ सालमा रेडियो नेपालमा पहिलो गीत रेकर्ड गराएका थिए । २०२२ देखि २०२९ सालसम्म रेडियो नेपालमा जोशीले जनकवि केशरी धर्मराज थापासँग काम गरेका थिए ।

उनको ‘रिटिङ रिटिङ‘’ बोलको गीत सबैभन्दा चर्चित छ । उनको ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो‘’ गीतसमेत जनजनमा चर्चित छ । उनको अन्तिम संस्कार आज झापाको कन्काई माइमा हुने छ ।