श्याल्पा गुम्बामा युनिभर्सल पीस स्याङ्क्चुरीद्वारा आयोजित कार्यक्रम भव्य रूपमा सम्पन्न

श्याल्पा गुम्बामा युनिभर्सल पीस स्याङ्क्चुरीद्वारा आयोजित कार्यक्रम भव्य रूपमा सम्पन्न


काठमाण्डु– अन्तर्राष्ट्रिय शान्ति दिवस २०२४ को अवसरमा काठमाडौंको कपनस्थित श्याल्पा गुम्बामा युनिभर्सल पीस स्याङ्क्चुरीद्वारा आयोजित विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। 

कार्यक्रममा विश्व शान्ति र एकताको प्रवर्द्धनका लागि महत्वपूर्ण योगदान पुर्‍याउने विभिन्न प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका अध्यक्ष श्याल्पा तेन्जिन रिन्पोचेले आफ्नो सम्बोधनमा प्रेम र करुणाको जगमा शान्ति स्थापना गर्नुपर्ने कुरालाई जोड दिए।

शान्तिको माध्यमबाट मात्र विश्वमा दिगो समाधानको खोजी गर्न सकिने उनले जोड दिए ।  विभिन्न धर्मलम्बीहरुको आ आफ्ना गन्तव्य स्थान छन तर विश्वमा शान्ति अपरिहार्य छ र त्यो एक मात्र शान्तिको गन्तव्य मात्र नेपालको लुम्बिनी हो ।

विश्वमा नै लुम्बिनी एक मात्र शान्तिको गन्तव्य  बनाउन विश्वशान्ति धाम अर्थात युनिभर्सल पिस सन्क्चुरी निर्माणमा आफू लागि परेको पनि बताए । 

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका मेयर विभिन्न देशका राजदूतहरू, कूटनीतिज्ञहरू, समाजसेवीहरू, र युनिभर्सल पीस स्याङ्क्चुरीका जीवनभरिका सदस्यहरूको बाक्लो उपस्थिति थियो ।

भगवान बुद्धकी आमा मायादेवीको जीवन र निस्वार्थ मायाको योगदानबारे विशेष चित्रण गरिएको मायादेवी  साङ्गीतिक नाटक पनि प्रस्तुत गरियो । यस अवसरमा नेपालका परम्परागत सांस्कृतिक र संगीतका आकर्षक धुनले आतिथ्यलाई थप सत्कार गरिएको थियो। 

शान्ति, करुणा र मानवीय समझदारीको माध्यमबाट मात्र युद्ध र द्वन्द्वको विकल्प खोज गर्न सकिन्छ र यही युनिभर्सल पीस स्याङ्क्चुरीको मुख्य उद्देश्य रहेको पनि योजनाका मुख्य अगुवा श्याल्पा तेन्जिन रिन्पोछेले बताए।