बुटवल – लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको चीन भ्रमण स्वीकृत गरिएको छ ।
मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री आचार्यको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए ।
सिचुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्री आचार्यसहित ७ सदस्यीय प्रतिनिधिमण्डल चीन जान लागेको छ । सिचुआन प्रान्तमा हुने समन्वय र विकास विषयक छलफल सहभागी हुन उनी चीन जानेछन् । सम्मेलन कात्तिक २६, २७ र २८ गते हुनेछ ।
मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ लगायत भ्रमणमा जान लागेका छन् ।
प्रतिक्रिया