काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)को १९औं खेलमा काठमान्डु गुर्खाजले लुम्बिनी लायन्सलाई १०४ रनको लक्ष्य दिएको छ ।
टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको काठमान्डुले ४ बल बाँकी रहदै १० विकेट गुमाएर १०३ रन बनायो ।
काठमान्डुकालागि सर्वाधिक भिम सार्कीले ४० बलमा ३१ रन, डैन डाउथवेटले २४ बलमा २१ रन, स्टीफन एस्किनाजीले १६ बलमा १३ रन जोडे ।
बलिङमा साद विन जफर ३, अभिषेश गैतमले २ विकेट लिए भने, रामोन सिमन्ड्स, , सुर्य तामाङ, बिबेक यादवले समान १–१ विकेट लिए ।
प्रतिक्रिया