लुम्बिनी लायन्सले विराटनगरलाई दियो कीर्तिमानी लक्ष्य

लुम्बिनी लायन्सले विराटनगरलाई दियो कीर्तिमानी लक्ष्य


काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)को सातौं खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १ सय ९२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९१ रन बनायो।

यो प्रतियोगिताकै कीर्तिमानी स्कोर रहेको छ । एनपीएलमा पहिलो खेल खेलिरहेको लुम्बिनीले अहिलेसम्मकै ठूलो योगफल तयार पारेको हो।

कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन जोडे । यस्तै टम मोर्स ३० रन, ओपनर आशुतोष घिरैया १५ रन, अर्जुन साउद १७ रन, सन्दीप जोरा १२ रन, साद विन जफर १५ रन, वेन कटिङ ६ रनमा रनआउट भए।

विवेक यादव १९ र रेमोन सिमोन्ड २ रनमा अविजित रहे।

विराटनगरका लागि कप्तान सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामीले समान एक विकेट लिए।